काठमाडौ/१३ माघ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रथम वर्ष,दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षा २०७९ को संशोधित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
प्रथम वर्ष,दोस्रो वर्ष र प्रथम वर्ष दोस्रो खण्डका केही विषयहरु जुध्न गएकोले परीक्षा तालिकामा संशोधा गरेको हो ।

