काठमाडौँ/४ बैशाख – शिक्षक सेवा आयोगको परीक्षामा विषयगत प्रश्नहरूको उत्तर दिँदा याद गर्नु पर्ने १० कुराहरूसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । जानकारी विषयगत प्रश्नहरूको उत्तर दिँदा याद गर्नुपर्ने कुराहरूलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत सामग्रीले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।
साथै सामग्रीमा ज्ञान तथा बोध तह, प्रयोग तह र उच्च दक्षता तहबाट सोधिने विषयगत प्रश्नहरूको उत्तर दिँदा सम्झनु पर्ने विषयवस्तुलाई अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।

