काठमाडौँ/२० चैत – सुदुरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि २० जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले माग गरे अनुसार रिक्त उपकुलपति पदका लागि आवेदन दिएका थिए ।
मध्यपश्चिमका लागि आवेदन दिनेमा प्राडा कबिप्रसाद पोख्रेल, प्राडा केशर सिंह राना, प्राडा देवबहादुर खड्का, प्राडा ध्रुव कुमार गौतम, प्राडा नन्द बहादुर सिंह, प्राडा बिनय कुमार मिश्र, प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा मुकुन्द प्रकाश क्षेत्री, प्राडा यम बहादुर कार्की र प्राडा शोभाखर कँडेलरहेका छन् ।
त्यसैगरी सुदुरपश्चिमका लागि प्राडा अक्कल देव मिश्र, प्राडा तारादत्त भट्ट, प्राडा ध्रुव कुमार गौतम, प्राडा पदम राज जोशी, प्राडा पूर्ण बहादुर चन्द, प्राडा भवानी दत्त जोशी, प्रा यज्ञराज पाठक, प्रा यज्ञराज भट्ट, प्रा राजेशकुमार ठगुराठी, प्राडा हेमराज पन्त रहेका छन् ।
दुवै विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० को दफा ९ को उपदफा (३) बमोजिम विश्वविद्यालय सम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्ययोजना चैत २७ गते कार्यालय समय भित्र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको सचिवालयमा पेश गर्नुपनेछ ।

