Home » स्नातक तहका वार्षिक परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने

स्नातक तहका वार्षिक परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने

काठमाडौँ/६ कार्तिक – त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।


उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकबाट निर्णय गरिएको हो ।


त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त निर्णयबारे जानकारी गराउँदै मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसार पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइएको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *