Home » २०५३ साल देखिका समय सिमा नाघि सकेका विद्यार्थीका लागि परीक्षा आवेदन खुला

२०५३ साल देखिका समय सिमा नाघि सकेका विद्यार्थीका लागि परीक्षा आवेदन खुला

काठमाडौं/१५ माघ-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह प्रथम, दोस्रो र तेस्रो वर्षको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न खुला भएको छ ।


विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत संचालित व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र संकाय र विज्ञान तथा प्रविधि अधययन संस्थान तर्फ तीन वर्षे स्नातक तहका कार्यक्रमका लागि परीक्षा आवेदन खुला गरेको हो ।


तीन वर्षे स्नातक तहका सबै कार्यक्रम बन्द भई सकेको तर कतिपय विद्यार्थीहरुको प्रथम, दोस्रो र तेस्रो वर्षको सैद्धन्तिक विषय उित्तिर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र बाँकी रहेको अवस्था भएकोले परीक्षाका लागि आवेदन खुला गरेको जनाएको छ ।


२०५३ साल देखिका सात वर्ष समय सिमा नाघि सकेका विद्यार्थीहरुले २०७९ माघ १० गतेदेखि फागुन ९ गतेसम्म तोकिएको दस्तुर सहित परीक्षा फाराम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने छ । साथै प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास सम्पूर्ण प्रक्रिया पूरा गरी चैत १५ गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन सूचित गरेको छ ।

हेर्नुहोस सूचना :

https://tuexam.edu.np/downloadfile/20230129100723.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *