काठमाडौं/२४ माघ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । विश्वविद्यालयले स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।
फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालयले संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुने जनाएको छ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा कार्यतालिका संशोधन गर्न बाध्य भएको हो । विद्यार्थी संगठनहरूले समेत परीक्षा तालिका संशोधन गर्न त्रिविसँग माग गरेका थिए ।
यहाँबाट हेर्नुहोस तालिका :

