काठमाडौं/१ चैत-कृषि तथा वन विज्ञान विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोमा भाग लिनका लागि अनलाइन आवेदन फारम भर्न आग्रह गरेको छ । विश्वविद्यालयले चैत १६ गते दीक्षान्त समारोह आयोजना गरेकोले समारोहमा भाग लिने इच्छुक विद्यार्थीहरुलाई आवेदन फारम भर्न आग्रह गरेको हो ।
दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरी २०७७ चैत ७ गतेदेखि २०७९ चैत ६ गतेसम्ममा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।
सूचना यहाँबाट हेर्न सकिन्छ :

