Home » प्राथमिक तहका शिक्षक बढुवा (हेर्नुहोस नामावली)

प्राथमिक तहका शिक्षक बढुवा (हेर्नुहोस नामावली)

दिपायल/६ चैत–शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा निम्न प्राथमिक तह द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायल, सुदूरपश्चिम प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।


बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।


बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *