काठमाडौँ /१० जेठ–त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । पूर्व व्यवस्था अनुसार बढीमा २० दिनसम्म बिदा दिने निर्णय गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि अनुकूलता हेरी बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।
परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविको सूचनामा उल्लेख गरेको छ ।

