Home » स्नातकोत्तर तह इन्जिनियरिङ्ग अध्ययनका लागि माघ २६ देखि आवेदन दिन सकिने

स्नातकोत्तर तह इन्जिनियरिङ्ग अध्ययनका लागि माघ २६ देखि आवेदन दिन सकिने

काठमाडौं/२० माघ-त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातकोत्तर तह भर्नाका लागि लिइने प्रवेश परीक्षाको परीक्षा आवेदन फाराम माघ २६ गतेदेखि खुला गर्ने भएको छ ।


आंगिक कयाम्पसहरुमा सञ्चालित विभिन्न विषयहरुको स्नातकोत्तर तहका कार्यक्रम हरुमा शैक्षिक सत्र २०७९ ०८० मा भर्ना भई अध्ययन गर्न इच्छुक स्नातक तह उत्तीर्ण परीक्षर्थीहरुले आवेदन दिन सक्ने जनाएको छ ।


योग्यता पुगेको परीक्षार्थीहरुले माघ २६ गतेदेखि फागुन ११ गते सम्म अनलाईन आवेदन फाराम भर्न सक्नेछन् । साथै आवेदकहरुको प्रवेश परीक्षा फागुन १७ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *