Home » कर्णाली प्रदेशका प्राथमिक तहका शिक्षक बढुवाको नामावली प्रकाशित (नामावलीसहित)

कर्णाली प्रदेशका प्राथमिक तहका शिक्षक बढुवाको नामावली प्रकाशित (नामावलीसहित)

सुर्खेत/२२ माघ–शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा प्राथमिक तह प्रथम श्रेणी तथा द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।


बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।


बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *