Home » सम्पूर्ण तहका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भर्न त्रिविको सूचना

सम्पूर्ण तहका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भर्न त्रिविको सूचना

काठमाडौं/५ बैशाख-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालमा भर्ना भएका विद्यार्थीलाई रजिष्ट्रेशन फाराम भर्नका लागि सूचना प्रकाशित गरेको छ ।


त्रिवि अन्तर्गतका आंशिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक सत्र २०७९/०८० मा अध्ययन गर्ने सम्पूर्ण तहका विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम भर्नका लागि सूचना प्रकाशित गरेको हो ।


विश्वविद्यालयले वार्षिक प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीले जेठ १५ गते भित्र रजिष्ट्रेशन फाराम भर्नुपर्ने छ । साथै सेमेस्टर प्रणालीका विद्यार्थीले संम्बन्धीत संकाय, संस्थान,डीनको कार्यालय र क्याम्पसको समेत प्रथम भर्ना सूचना प्रकाशित भएको ५ महिना भित्र सूचनाको प्रतिलिपि राखि नियमित दस्तुरमा बुझाउनु पर्ने छ । समय पश्चात आएका रजिष्ट्रशन फाराम देब्बर दस्तुर बुझाई दुई महिना भित्र रजिष्ट्रेशन गर्नुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *