Home » स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्ने समय थप

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्ने समय थप


काठमाडौं/१२ माघ–त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्ष परीक्षा आवेदन म्याद थप गरेको छ । ४ वर्षे स्नातक तह आंशिक २०७८ सालको वार्षिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।


आवेदन भर्ने म्याद माघ ७ गतेसम्म कायम गरेकोमा परीक्षार्थीहरुको फाराम भर्न छुट् भएकोले माघ १५ गतेसम्म आवेदन भराउने र १६ गते भित्र अनलाइन इन्ट्रि गर्नका लागि म्याद थप गरिएको छ ।


साथै ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित परीक्षा दिने परीक्षार्थीको हकमा एकल दस्तुरमा परीक्षा भर्ने म्याद माघ २२ गतेसम्म थप गरीएको र सो पछि ७ दिन देब्बर दस्तुरमा फाराम भराई सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित पठाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *