काठमाडौं/२० माघ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि डिप्लोमा तहको मौका परीक्षाको परीक्षा आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । परिषद्ले प्रि डिप्लोमा तहको एक विषयका लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम खुला गरेको हो ।
प्रि डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरुमा २०७९ बैशाखमा सञ्चालन भएको वार्षिक परीक्षामा सम्मिलित नियमित तर्फका परीक्षार्थीहरु मध्येबाट मात्र सैद्धान्तिक तर्फ एक विषय मात्र अनुत्तीर्ण भएका आंशिक परीक्षार्थीहरुलाई एक विषयको मौका परीक्षाका लागि आवेदन खुला गरेको छ ।


