काठमाडौं/२० माघ-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरेको छ ।
कक्षा ११ र १२ मा अध्ययनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय अध्ययन गरी २०८० सालमा सञ्चालन गरिने कक्षा ११ को आंशिक ग्रेड वृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित, ग्रेड वृद्धि र आंशिक तर्फका परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम भर्नका लागि खुला गरेको छ ।
परीक्षार्थीहरुले माघ मसान्त सम्म परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो सायभित्र रकम दाखिला गर्न छुटेका परीक्षार्थीहरुले फागुन १५ गतेसम्म बिलम्ब शुल्क सहितरकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।
सूचनाको सम्पूर्ण विवरण हेर्नुहोस :
https://drive.google.com/file/d/1H4cS6l8ugdW9hs9vYlgFePQUjPN3P0Ek/view?usp=drivesdk

