Home » स्थायी नियुक्ति भएका नयाँ शिक्षकले सिटरोलका लागि पेश गर्नुपर्ने कागजात

स्थायी नियुक्ति भएका नयाँ शिक्षकले सिटरोलका लागि पेश गर्नुपर्ने कागजात

काठमाडौं/४ चैत-शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी नियुक्ति भएका नयाँ शिक्षकहरुले राष्ट्रिय किताबखाना (शिक्षक)मा सिटरोल निम्न अनुसार कागजात पुरा गरी पेश गर्नुपर्ने छ । एक पटक सिटरोल भरिसकेपछि कुनै माथिल्लो तहमा नियुक्ति पाएमा पुनः सिटरोल भर्नु हुँदैन ।


सिटरोल पेश गर्दा निम्नअनुसार क्रममा फाइलिङ गरी पेश गर्नु पर्ने छ :


१) ४ प्रति सिटरोल शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले प्रमाणित गरेको हुनुपर्ने (केरमेट गरेको सिटरोल किताबखानाबाट प्रमाणित हुने छैन ।)


२) विद्यालयमा हाजिर भएको पत्र ।


३) स्थायी नियुक्तिको सिफारिस पत्र ।


४) शिक्षक र ईच्छाएको व्यक्तिको नागरिकताको प्रतिलिपि ( ईच्छाएको व्यक्ति नाबालक भएमा जन्म दर्ता )


५) शिक्षक लाईसेन्स ।


६) सम्पूर्ण शैक्षिक योग्यताको प्रतिलिपिहरु ।


७) सपथ ग्रहणको पत्र ।


८) निरोगिताको प्रमाण पत्र ।


९) सम्पूर्ण कागजातहरु अनिवार्य रुपमा नोटरी पब्लिकबाट प्रमाणित गराउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *